चलचित्र ‘जनै हराएको मान्छे’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले मङ्गलवार ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

यो सर्टिफिकेट पाएसँगै चलचित्र बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, शुशांक मैनाली, कविता आले जस्ता कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा नवीन गुरुङ र कृष्ण परियारको छायाङ्कन छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =