उपेन्द्रलाई फसाउन खोजेको भन्दै जसपा कार्यकर्ता सडकमा, अदालतको आदेश नमान्ने !

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ ।

जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ ।

मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिहरुलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आफूहरुलाई आन्दोलित हुनु परेको जसपा नेपाल मधेसका अध्यक्ष बालकिशोर यादवले बताए ।

उनले नेपालको अदालत पक्षपाती भएको आरोप लगाए । यस प्रकारको परमादेशले मधेसमा फेरी आन्दोलन उठ्ने चेतावनी दिए ।

सर्वोच्च अदालतले आजै १९ वर्ष अगाडी भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउन परमादेश दिएको थियो । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो परमादेश गरेको हो ।

सर्वोच्च अदालतले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सरकारका नाममा सोमबार परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त हत्याकाण्डको छानबिन गर्न सरकारसहित गौर प्रहरी र रौतहट जिल्ला वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको छ ।

गौर हत्याकाण्ड हुँदा हालका जसपा अध्यक्ष उपेन्द यादव मधेस आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमको केन्द्रीय अध्यक्ष थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =