आरआर क्याम्पसमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, प्रथम पुरस्कार ३ लाख

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
प्रतियोगिता भदौ २२ गतेदेखि सुरु हुनेछ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले प्रतियोगिता सम्बन्धी जानकारी गराएका हुन् ।
उनले शिक्षा, नेतृत्व, अनुसन्धान र राष्ट्र निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै खेलकुद गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘कक्षा कोठामा प्राप्त ज्ञानसँगै जीवन उपयोगी अनुभव हासिल गर्न यस्ता कार्यक्रमले ठूलो योगदान पु¥याउँछन्,’ अध्यक्ष खड्काले भने ।
उपलब्ध पुरस्कारहरूः
पहिलो पुरस्कारः रु ३ लाख, मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कारः रु २ लाख, मेडल र प्रमाणपत्र
तेश्रो पुरस्कारः रु १ लाख, मेडल र प्रमाणपत्र
प्रतियोगिता एक सातासम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
स्ववियुले खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा सहकार्य, अनुशासन र नेतृत्व विकास गर्न सघाउने लक्ष्य राखेको जनाएको छ।








