सरकारका कदमहरु सुशासनका विरुद्धमा छन् : पम्फा भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छन् ।

जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाइन् ।

उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन् । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाई गरिरहेको उल्लेख गर्नि ।

यस्तै शिक्षा विद्येयक पनि अड्काएर राखेको उनको आरोप छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ ।

उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन् ।

एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाई छ । यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उनले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =