डिपाल eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौं आइपुगे, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । तातोपानी क्षेत्रका प्राकृतिक विपद् र विविध चुनौतीहरू पार गर्दै नेपालले प्रविधिको इतिहासमा एक नयाँ अध्याय थपेको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फ्लाइङ ट्याक्सी ‘डिपाल eVTOL’ र अत्याधुनिक ‘युनिट्री रोबोट्स’ को सफल आगमनको घोषणा गरेको हो ।

प्रविधिको क्षेत्रमा पहिलोपटक नेपालमा भित्रिएको यी नविनतम उत्पादहरू अब नाडा अटो शो २०२५ मा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछन् ।

नाडाका अनुसार, यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नरही, नेपालको भविष्यको मोबिलिटी र प्रविधि–उन्मुख सोचको प्रतिविम्ब बन्नेछ ।

भदौ ३ गतेदेखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थल मा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो मा दर्शकहरूले नेपालमै पहिलोपटक फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्सलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन् ।

नाडाले विज्ञप्तिमा भनेको छ, ‘सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाइएको छ ।’ यस घोषणाले नाडाको मात्र होइन, सम्पूर्ण राष्ट्रको दृढता, नवीनता र भविष्यप्रतिको विश्वास झल्काउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =