नेपालमा दीपलको नयाँ इलेक्ट्रिक एसयूभी एस-०५ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

काठमाडौँ । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ नेपालमा सार्वजनिक गरेको छ ।

एक समारोहबीच एमएडब्लु ग्रुपले नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ नेपालमा सार्वजनिक गरेको हो ।

यस मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त समारोहमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ तथा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का लगायतका व्यक्तिहरू उपस्थित थिए ।

कम्पनीका अनुसार एसयूभी दीपल एस-०५ मा ‘क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङ : साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि पनि रहेको छ ।

त्यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर पनि छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी रहेको कम्पनीको दाबी छ ।

यसमा सीएटीएल कम्पनीको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ ।

कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको जानकारी दिएको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =