मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएकोप्रति एमाले सांसदको चिन्ता

काठमाडौं । नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गरेकी हुन् । उनले बेरोजगारी, आर्थिक संकट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।

मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको संख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उहाँले ग्रामिण क्षेत्रमा सेवा अझै भरपर्दो रुपमा नपुगेको उल्लेख गरिन् ।

गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गर्नि ।

बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर संकट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =