कैलाली कारागार घटनापछि हमाल मन्त्रालय तानिए, लम्साल नयाँ सिडिओ

काठमाडौं । कैलाली जिल्ला कारागारमा एक कैदीको मृत्यु र झडपमा दर्जनौं घाइते भएपछि सरकारद्वारा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयले बुधबार उनलाई मन्त्रालय सरुवा गर्दै घटनाको जिम्मेवारीस्वरूप निर्णय लिएको हो ।

हमालको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको छ । लम्साल अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन् ।

गत शनिबार कैलाली कारागारमा भएको झडपमा कैदी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । झडपको कारण र कारागार प्रशासनको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सरकारको यो कदम आएको हो ।

सरकारले यस घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा व्यवस्थापन र प्रशासनिक जिम्मेवारीका आधारमा उच्च तहमा सरुवा–जिम्मेवारीको पुनर्संरचना थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =