एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारद्वारा ५ लाख पुरस्कारको घोषणा

काठमाडौँ । सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) का बान्टमवेट च्याम्पियन, बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरेको हो ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले घरेलु भूमिकै च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका लागि ऐतिहासिक सफलता दिलाएका थिए । उनको यो महत्वपूर्ण उपलब्धिलाई सम्मान गर्दै सरकारले नगद पुरस्कार घोषणा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =