फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक, भदौ ६ देखि प्रदर्शन हुने (भिडिओ)

काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।

फिल्मको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान छन्। फिल्ममा अन्य कलाकारहरूमा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

यसअघि फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ। निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।

सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादनमा बनेको छ।

वेज प्रा.लि.को प्रस्तुति रहेको फिल्मका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा छन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =