सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइए : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् ।
अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उनले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताएका छन् ।
उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताए । सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताए । ‘सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न’ उनले भने ।
सांसद थापाले स्रोतको खोजी गर्दा बढिमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताए ।








