भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भएको छ : सञ्जय गौतम

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार नै नेपालको संस्कृतिजस्तो भएको बताएका छन् ।

शुक्रवार सार्वजानिक लेखा समितिको बैठकमा भएको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले हाम्रो अहिलेको प्रणाली नै भ्रष्ट भएको बताए ।

भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो विकास भएको उनको भनाई छ । उनले भ्रष्टाचार अन्त्य गर्न मुलुकलाई पेपरलेस र फेसलेस प्रणालीमा लैजानुपर्नेमा जोड दिए ।

उच्चतम प्रविधिको प्रयोग गरेर देशलाई पेपरलेस र फेसलेस प्रणालीमा नलगेसम्म भ्रष्टाचार अन्त्य नहुने उनको दाबी छ ।

हाल पारर्दशिता नै सबैभन्दा ठूलो समस्या रहेको र त्यो नै भ्रष्टाचारको मूल कारण रहेको उनको भनाई छ ।

सार्वजानिक लेखा समितिले पनि सरकारलाई पेपरलेस र फेसलेस सिष्टममा मुलुकलाई लैजान तत्काल निर्देशन दिनुपर्ने उनले आवश्यकता आंैल्याए ।

बैठकमा सांसद गौतमले बेरुजू फछ्र्यौटलाई सबै मिलेर तिब्रता दिनुपर्ने बताए । बेरुजु असुल उपर नियमित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =