आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने प्रतिबद्धता जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नका लागि आधारअनुसार म्याद थप गरिएको बताए । उनले अहिले समयमै काम सक्नका लागि जनशक्ति, निर्माण सामग्रीसहित कार्यतालिका बनाएर अघि बढिरहेको जिकिर गरे। नयाँ संसद भवनको सम्पूर्ण काम सक्ने समय पुसको पहिलो दिन भए पनि दोस्रो हप्तासम्म परीक्षणहरू समेत सकिनुपर्ने जिकिर ग रे। संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गरिने बताए । अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन पनि असोजको दोस्रो साता काम सकिने बताए। प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिने र राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिने बताए। 

उनले भने, ‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नका लागि आधारअनुसार हामीले म्याद थप गरेका हौँ । उनीहरूले अहिले जनशक्ति, निर्माण सामग्रीहरू सहित कार्यतालिका बनाएको छ । कामै सम्पन्न गर्ने पुसको १, २ गतेको हो। टेस्टिङको लागि भनेर पुस १६ सम्मको म्याद थप गर्ने निर्णय गरेका हौँ । संसद सचिवालयको भवन २ पनि पुसको पहिलो साता प्राप्त हुन्छ । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गर्ने भन्ने छ । प्रेस तथा छपाइ पनि असोजको दोस्रो सातामा हस्तान्तरण गर्ने भन्ने छ । अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन पनि असोजको दोस्रो साता सकिन्छ । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिन्छ । हलहरू विशेष गरी मंसिरको दोस्रो सातामा सकिन्छ भने अरू काम मंसिर दोस्रो सातासम्म सकिन्छ।  राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिन्छ भने पुसको दोस्रो सातामा अर्को कन्ट्याक्ट कम्प्लिट हुन्छ ।’

सचिव सिग्देलले सवारी साधन पार्किङ पति पुसको दोस्रो साता पूरा हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =