काँग्रेस निकट किसान महासंघको अधिवेशनमा विवाद : दोलखालाई बाहिर राखेको गुनासो

काठमाडौँ । नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाले नेपाल किसान महासंघ बागमती प्रदेशको अधिवेशन गर्दा दोलखा जिल्लालाई जानकारी नदिएको बताएका छन् ।
काँग्रेसनिकट किसानको संगठन नेपाल किसान महासंघ बागमती प्रदेशको अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
उनले दोलखामा किसान महासंघको अधिवेशनमा प्रतिनिधि नै भएको बताए । किसान महासंघको अधिवेशन गर्न जिल्लाले कहिले पनि असहयोग नगरेको उनको भनाई छ । उनले नेतृत्वको नजिकको मान्छे चाहिएको भए त्यही अनुसारको अधिवेशन गरेर प्रतिनिधि पठाइदिन्थे भन्दै कटाक्ष गरे ।
उनले भने ‘बागमती प्रदेशको अधिवेशन गर्दैगर्दा दोलखा जिल्लालाई बाहिर राखेर गरेको कुराको असन्तुष्टि व्यक्त गरे । त्यसमा दोलखा जिल्लाले असहयोग गरेको पनि छैन । उहाँहरूले त्यो सूचना पनि प्रवाह गर्नुभएन, म भव्य रूपमा अधिवेशन गराएर उहाँहरूले प्रतिनिधि पठाएको भए त्यो गरेर पठाउँथे । आज त्यो छैन, मैले केन्द्रीय सदस्यहरू हाम्रो दोलखाको हुनुहुन्थ्यो, उहाँहरूलाई किन सूचना प्रवाह नगरेको भनेर सोध्दै गर्दा उहाँहरूलाई पनि थाहा छैन । त्यसकारण यसले हाम्रो ससंगठन मजबुद हुन सक्दैन । नेतृत्वको नजिकका मान्छे चाहिन्थ्यो भने पनि अधिवेशन त्यही ढंगले गरेर पठाइदिन्थे । के कारणले अधिवेशन भएन भन्ने मात्रै मैले खोजी गरे ।’
उनले के कारणले दोलखा जिल्लामा अधिवेशन नभएको हो भनेर बागमती प्रदेशको पार्टी नेतृत्वसँग पनि सोधिखोजी गरेको बताइन् । यसमा सबैले अनविज्ञता प्रकट गरेको उनको भनाई छ । नेपाल किसान महासंघ बागमती प्रदेशको महाधिवेशन सानेपामा बिहीबारदेखि सुरु भएको छ ।








