एशियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । नेपालमा पहिलोपल्ट एशियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।
नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सको आयोजनामा आगामी साउन ३० देखि भदौ १ गतेसम्म काठमाडौंमा एशियन पावरलिफ्टिङ च्याम्पियनसिप हुन लागेको हो ।
नेपालमा पहिलोपल्ट पावरलिफ्टिङको एसियन च्याम्पियन हुँदैछ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले आफ्नो तयारी पूरा भएको र च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमा हुने जनाकारी दिएको हो ।
यस च्याम्पियनसिपमा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानका गरी एक सय १७ भन्दा बढी खेलाडीले चुनौती प्रश्तुत गर्ने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सका अध्यक्ष सुकदेव कार्कीले जानकारी दिए । खुलाअन्तर्गत स्क्वाड, बेन्च प्रेस र डड लिफ्टमा रहेर प्रतिष्पर्धा गर्न पाउनेछन् ।
अन्यमा भने स्क्वाड, बेन्च प्रेस र डेड लिफ्टमध्ये एउटा विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् । यी सबैमा गरेर कुल पाँच सय १२ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस च्याम्पियनसिपमा नेपालबाट १७ महिला गरी कुल ४० खेलाडीको चुनौती रहने भएको छ ।
७३ वर्षे खेलाडी ज्ञानरत्न शाहीले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यस च्याम्पियनसिपमा जुनियरतर्पm १८–२३ वर्षमुनि र मास्टर्सबाट प्रतिष्पर्धा गर्नेछन् ।
सबैभन्दा धेरै भारतबाट ५८ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । यस प्रतियोगिताबाट १० जना खेलाडी छनोट गरी श्रीलंकामा हुने विश्वकपमा खेलाइने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सका अध्यक्ष कार्कीले बताए ।
ओपनमा पनि खेलाडीले प्रतिष्पर्धा गराइने उनको भनाइ छ । हिमालय क्विस्टा प्रो को मुख्य प्रायोजनामा हुने यस च्याम्पियनसिपमा सूर्य प्लाई र विश्व पारलिफ्टिङको साझेदारीमा हुँदै छ । प्रतियोगिता आयोजना गर्न ८६ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।
साथै च्याम्पियनसिपका दौरान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पाँच जना नेपाली खेलाडीलाई लक्की ड्रमार्पmत एक वर्षसम्मका लागि १० लाख बराबरको इन्स्योरेन्स प्रदान गर्ने भएको छ ।
प्रत्येक तौलसमूह र उमेरसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडी ट्रफी र पदकका साथै आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ ।
आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा १० वर्ष भित्रका आफ्ना गतिविधि समेट्दै म्यागजिन पनि प्रकाशन गरेको नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सककी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् ।








