फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रा. लि. ले वट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च नाईमा अटो शो मा गरेको छ ।
यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरूले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरूलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
यी दुवै गाडीहरूको अनावरण नाईमा अटो शोमा सम्मानित अतिथिको रूपमा जर्मन दूतावासका महामहिम उदो भोल्ज गरेका हुन् ।
अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सि. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट ईन्जिन रहेको छ ।
वट्रस जि टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउने कम्पनीले जनाएको छ ।
फक्सवागन वट्रस सेडान
कम्पनीका अनुसार फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मि।मि। को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।
फक्सवागन टाईगुन जी टि एसयूभी
नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।
यसै कार्यक्रममा विशेष अतिथिका रूपमा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्नु हुन सेल्जि जोजेफले भन्छन् ‘यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरी बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौँ । विक्री पश्चात्को पार्टस्को मूल्यहरू पनि अन्य भारतीय गाडीहरू बराबर रहेको हुनाले मर्मत संभार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।’
यस कार्यक्रममा बोल्दै आयातकर्ता पूजा ईन्टरनेशनलका सिइओ बिवेक विजुक्छे बत्ताउँछन् ‘फक्सवागन पावरफुल इन्जिनका साथ नेपाली बजारमा जर्मन ईन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले वट्रस सेडान तथा टाईगुन एसयूभी का साथ आएको छ । विगतमा जस्तै ग्राहकहरूको अत्यधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छ ।’








