हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली.ले ‘Hyundai Awesome August’ योजना सुरु गरेको छ।

यसमा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

२०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौँको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु। ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘Hyundai Awesome August’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। NAIMA मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

हुन्डाई नेपाल सम्पूर्ण ग्राहक तथा गाडी किन्न इच्छुकहरूलाई NAIMA मोबिलिटी एक्स्पो २०८२ मा हुन्डाईको स्टल नम्बर मा उपस्थित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =