केयीले ‘बबाल अफर’ घोषणा गर्‍यो- एक्स थ्री प्रो ईभीमा ९ लाखको नगद छुट

काठमाडौँ । नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक, जी.ओ. अटोमोबाइल्स र लक्ष्मी ई-मोबिलिटीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ लाई लक्षित गर्दै आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी ‘केयी एक्स थ्री प्रो’ मा अहिलेसम्मकै आकर्षक ‘बबाल अफर’ घोषणा गरेको छ । यो सीमित अवधिको योजना अन्तर्गत ग्राहकले ९ लाख रुपैयाँको सोझो नगद छुट पाउनेछन् ।

यो विशेष अफरसँगै ४८ लाख ९६ हजार रुपैयाँको सुरुवाती मूल्य रहेको एक्स थ्री प्रो ईभी अब केवल ३९ लाख ९६ हजार रुपैयाँको प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ । नगद छुटका अतिरिक्त, ग्राहकहरूले यो खरिदमा ७.३ किलोवाटको चार्जर, एक स्पेयर टायर, ६ वर्षको सर्भिसिङ र ८ वर्षको वारेन्टी जस्ता महत्त्वपूर्ण सुविधाहरू पनि निःशुल्क प्राप्त गर्नेछन् । यो भारी छुट र थप सुविधाहरूले एक्स थ्री प्रो ईभीलाई आफ्नो सेगमेन्टको सबैभन्दा आकर्षक र उत्कृष्ट मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको कम्पनीको दाबी छ ।

यो विशेष मूल्य एक्स्पोको अवधिभरका लागि मात्र लागू हुनेछ । ग्राहकहरूले काठमाडौँको भृकुटीमण्डपस्थित हल ‘ए’ मा रहेको केयीको स्टल नम्बर ‘ए२’ (प्रवेशद्वारबाट भित्र छिर्ने बित्तिकै दायाँपट्टिको पहिलो स्टल) मा गएर गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

के छन् एक्स थ्री प्रो ईभीका विशेषता ?

आफ्नो सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यसहित उपलब्ध यो एसयूभीमा १२०/९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ । यसको प्रिमियम डिजाइन, फराकिलो र आरामदायी भित्री भाग, र प्यानोरामिक मूनरुफले यसलाई थप आकर्षक बनाएको छ । ड्राइभिङलाई सुरक्षित बनाउन यसमा ध्यान भंग हुन नदिने फिजिकल बटनहरू दिइएको छ भने १८३ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्सले नेपाली सडकका लागि उपयुक्त बनाएको छ । लिथियम आइरन फस्फेट (LFP) ब्याट्री, अटो होल्डजस्ता विशेषताहरूले यसलाई प्रविधिमैत्री बनाएको छ। साथै, यसका स्पेयर पार्ट्सहरू पनि किफायती रहेको कम्पनीले जनाएको छ ।

यो ‘बबाल अफर’ नाडा एक्स्पोका साथै देशभरका प्रमुख सहरहरू जस्तै काठमाडौँका नक्साल, थापाथलीदेखि बिर्तामोड, नेपालगन्ज, पोखरा, विराटनगर र वीरगन्जसम्मका आधिकारिक केयी शोरूमहरूबाट पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =