सांसद गुरुङको प्रश्न : पोखरा रंगशालामा फ्लड लाईट र स्वीमिङ पुल किन छैन ?

काठमाडौँ । नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लार्टर र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । रंगशालामा फ्लड नहुँदा साँझपख हुने खेल गतिविधिहरू हुन नसकेको उनको भनाई छ । यस्तै स्वीमिङ पुल नहुँदा पौडी खेल जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पोखरामा हुन सकेका छैनन् । उनले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना निर्माण गर्न सरकारसँग माग गरे ।
पोखरालाई खेल पर्यटन राजधानीको रूपमा विकास गर्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभाहरू पलायन हुनुपरेको उनको भनाई छ ।
उनले भने ‘पोखरा रंगशालामा आजसम्म फ्लड लार्ईट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार नहुनु गम्भीर विषय हो । यसले साँझपख हुने खेल गतिविधिहरू हुन सकेको छैनन् भने पौडी खेल जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पोखरामा हुन सम्भव नै छैन । पोखरालाई खेल पर्यटन राजधानीको रूपमा विकास गर्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभाहरू पलायन हुनुपरेको छ । खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्छ । परम्परागत ज्ञान, सीप, मौलिक, सांस्कृतिक र तमाम प्रतिभाहरूको संरक्षण रोजगार सिर्जना, व्यवसाय प्रवर्द्धन र समग्र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिन्छ । त्यसैले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना यथाशीघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’
खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्ने उनको भनाई छ ।








