देश र जनताको हितका लागि राप्रपाको पदयात्रा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ ।

सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो । जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए ।

उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए । यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ । अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताए । उनले गणतन्त्र जनताले नल्याएको बताए ।

किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताए । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =