दिपल एस०७ आईसीए नेपाली बजारमा : लक्जरी इभी सेग्मेन्टमा नयाँ उचाइ

काठमाडौँ । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड ‘दिपल’ को आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड संस्करण एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यस नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचर मार्फत प्रयोगकर्तालाई थप सशक्त र स्मार्ट बनाउने अपेक्षा गरिएको छ ।

नयाँ दिपल एस०७ आईसीए नेबुला ब्लु नामक नयाँ आकर्षक रङमा उपलब्ध छ भने यसको एलोइ ह्विल समेत अझ आकर्षक बनाइएको छ । यसमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।

कम्पनीका अनुसार नयाँ एस०७ आईसीए अपग्रेड मात्र नभई हालसम्म नेपाली बजारमा आएको सबैभन्दा बढी कनेक्टिभ र सुन्दर इभी हो । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दाबी गरे अनुसार, “डेढ वर्षमा ९५० वटा दिपल इभी सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ। नयाँ भेरियन्टको सार्वजनिकरणले इभी क्रान्तिमा एमएडब्लुको नेतृत्व अझ स्पष्ट बनाउनेछ ।”

नयाँ दिपल एपमार्फत कारलाई रिमोटबाट कन्ट्रोल गर्न सकिने सुविधा प्रदान गरिएको छ । कारको झ्याल खोल्ने, एसी कन्ट्रोल गर्ने, चार्जिङ अवस्था बुझ्ने र लोकेसन ट्रयाक गर्ने सुविधाका साथै ४जी/५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाइ र लाइभ नेभिगेसन पनि उपलब्ध छ ।

एस०७ आईसीए मा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, क्वालकम ८१५५ चिप, एल२.५ अटोनोमस ड्राइभिङ सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर, फ्लस ह्यान्डल र १.९ स्क्वायर मिटरको प्यानोरामिक ग्लास रुफ जस्ता अत्याधुनिक प्रविधिहरू छन् ।

लन्चकै अवसरमा कम्पनीले ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकले अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स को सुविधा पाँच वर्षसम्म निःशुल्क पाउनेछन् ।

ट्रेन्डसेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिले सुसज्जित दिपल एस०७ आईसीए ले नेपाली इभी बजारमा लक्जरी र इन्टेलिजेन्सको नयाँ युग प्रारम्भ गरेको कम्पनीको विश्वास छ । दिपलको आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरशिप स्किम मार्फत दिपल एस०७ आईसीए ले आफ्नो नम्बर १ स्थानलाई थप सुदृढ बनाउने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =