रुसमा ज्वालामुखी विस्फोट
२०८२ साउन १८ गते

काठमाडौं । रुसमा ज्वालामुखी विष्फोट भएको छ ।
रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको हो ।
रुसको इतिहासमा ४५० वर्षमा पहिलो पटक विस्फोट भएको बताइएको छ । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको छ ।
यसको अर्थ यस क्षेत्रमा उडानहरू अवरुद्ध हुन सक्छन् । यो क्षेत्रको अर्को ज्वालामुखी क्लुचेभस्कोय बुधबार विस्फोट भएपछि आएको हो ।
क्लुचेभस्कोय युरोप र एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो ।
२०८२ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








