इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई हस्तान्तरण गर्‍यो पुरस्कार

काठमाडौं । मोबिलिटी र अर्बन सर्भिसमा विश्वभर सक्रिय इनड्राइभले काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन अन्तर्गतका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

यो क्याम्पेन जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन भएको थियो । यस अभियानमा ड्राइभर पार्टनरहरूले उत्साहजनक सहभागिता जनाएका थिए । इनड्राइभले यसमार्फत आफ्नो प्रतिबद्ध ड्राइभर कम्युनिटीलाई सम्मान गर्दै विभिन्न पुरस्कार प्रदान गरेको हो ।

ग्रान्ड प्राइज विजेता

  • TATA Xpres-T EV (क्याब ड्राइभर श्रेणी): शुभ राज सुनुवार

  • TVS Raider मोटरसाइकल (बाइक ड्राइभर श्रेणी): जित थापा

यी विजेताहरूलाई तीनवटै चुनौती सप्ताहमा लगातार प्लेटिनम स्थिति कायम राख्दै, सबै योग्यताहरू पूरा गर्ने समूहबाट लक्की ड्र मार्फत छनोट गरिएको हो । विजेताको घोषणा जुलाई २० मा इनड्राइभ नेपालको टिकटक च्यानलमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

अन्य साप्ताहिक पुरस्कारहरू

इनड्राइभले क्याम्पेन अवधिमा धेरै ड्राइभर पार्टनरहरूलाई साप्ताहिक पुरस्कारसमेत प्रदान गर्‍यो, जसमा समावेश थिए:

  • OnePlus Nord CE4 Lite 5G स्मार्टफोन – १५ विजेता

  • Ultima Atom 192 इयरबड – ३० विजेता

  • Ultima Nova Pro स्मार्टवाच – ३० विजेता

इनड्राइभका साउथ एशिया ड्राइभर अपरेसन क्षेत्रीय टिम लिडर डिमित्री ओख्लोप्कोभले भने, “नेपालमा इनड्राइभको सफलताको मूल आधार हाम्रा ड्राइभर पार्टनरहरू हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता र व्यावसायिकतालाई सम्मान गर्न गरिएको हो । हाम्रो निष्पक्ष मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्‍याउँछ ।”

इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “हामीले पहिले वाचा गरेका थियौं कि अझ ठूलो र उत्कृष्ट अभियान ल्याउनेछौं – र आज त्यो पुरा भएको छ। हाम्रा सबै विजेताहरूलाई बधाई छ।”

इनड्राइभले आफूलाई स्वतन्त्रता, निष्पक्षता, र ड्राइभर–सवारी सम्बन्धमा पारदर्शितामा विश्वास गर्ने संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि यस्ता अभियान जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =