प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई
२०८२ साउन १८ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’
भारतको नोएडामा गए राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै उपाधि तिजेको हुन् ।
२०८२ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








