थाइल्याण्डमा रहेका विदेशी कुटनीतिज्ञहरूद्वारा कम्बोडियासँगको सीमावर्ती द्वन्द्वग्रस्त क्षेत्रको भ्रमण

काठमाडौं । थाई अधिकारीहरूले दुई छिमेकीहरूबीच हालै भएको सशस्त्र झडपपछि थाईल्याण्डमा रहेका विदेशी कुटनीतिज्ञहरू, सैन्य सहचारीहरू र थाईल्याण्डमा रहेका विदेशी मिडियाको प्रतिनिधिमण्डलको कम्बोडियासँगको सीमावर्ती क्षेत्रहरूको क्षेत्र भ्रमण गरेका छन् । प्रतिनिधिमण्डलले ११ देशका राजदुतहरू र चार्जेस डी’अफेयरहरू, २३ देशका सैन्य सहचारीहरू र घरेलु तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका पत्रकारहरू मिलेर उत्तरपूर्वी थाई प्रान्त उबोन रत्चाथानी र सिसाकेटका क्षेत्रहरूको भ्रमण गरेको हो ।

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोर्नडेज बालान्कुराले नागरिक क्षेत्रहरूको स्थलगत भ्रमणले कम्बोडियासँग सीमापार सशस्त्र द्वन्द्वको प्रभावको प्रत्यक्ष अवलोकन प्रदान गरेको बताए । भ्रमणको क्रममा, थाई सेनाले थाईल्याण्डद्वारा हिरासतमा लिइएका २० मध्ये दुई कम्बोडियन सैनिकहरूलाई रिहा गर्ने घोषणा ग-यो । थाई सेनाले एक घाइते र अर्को मानसिक रोगबाट पीडित व्यक्ति कम्बोडियालाई हस्तान्तरण गरिएको जनाएको छ ।

बाँकी १८ बन्दीहरूलाई मानव अधिकार सिद्धान्तअनुसार हेरचाह जारी राखिने बताएको छ । जुलाई २४ मा, विवादित सीमामा थाई र कम्बोडियन सेनाहरू बीच सशस्त्र झडप भएको थियो । दुई छिमेकीहरूले जुलाई २८ मा मध्यरातबाट लागू हुने गरी युद्धविराममा सहमति जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =