फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा घरमा एकैपटक रिलिज

काठमाडौँ । निर्देशक दीपक रौनियारको फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ वटा सिनेमा घरमा एकैपटक रिलिज भएको छ।

अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति ठुलो संख्यामा नेपाली फिल्म रिलिज हुनु पहिलोपटक हो ।

फ्रान्सेली वितरण कम्पनी  ARP Selection की Michèle Halberstadt ले भेराइटीसँग भनिन् ‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै
लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकहरूलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौँ ।’

फिल्म ‘पूजा, सर’ मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मंडल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरुङलगायतका कलाकारहरूको अभिनय छ ।

निर्माणमा आदि फिल्म्स (दीपक र आशा), बाँसुरी फिल्म्स (रामबाबु गुरुङ) र नर्वेको ट्यानहाउजर को सहकार्य छ ।

फिल्मको वर्ल्ड प्रिमियर २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो। त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवहरूमा प्रदर्शन भइसकेको छ ।

फिल्मले नेदरल्याण्डमा “Free to Be Me” अवार्ड जितेको छ। प्रमुख अभिनेत्री आशा मगरातीलाई Fribourg अन्तर्राष्ट्रिय फिल्म महोत्सवले मुख्य प्रतिस्पर्धा खण्डको प्रमुख जुरीको रूपमा आमन्त्रण गरेको थियो ।

फिल्मलाई बेलायतको Channel 4 ले खरिद गरिसकेको छ।

नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्सहरूमा पनि रिलिज हुँदैछ, जसको वितरण अमेरिकी कम्पनी Penny Black Media ले गर्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =