नेपालको लज्जास्पद हार, बंगलादेशले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम तथा निर्णायक खेलमा बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि रक्षा गर्न सफल भएको छ । बंगलादेशको जितमा फरवार्ड सागोरिका एक्लैले चार गोल गर्दै निर्णायक भूमिका निर्वाह गरिन् ।

यस जितसँगै बंगलादेशले प्रतियोगिताका ६ वटै खेल जित्दै १८ अंकसहित शीर्षस्थानमा रहँदै उपाधि उचालेको छ । नेपाल भने दोस्रो पटक पनि उपविजेतामै सीमित रह्यो । नेपालले प्रतियोगिताभर ४ जित र २ हारसहित १२ अंक जोड्यो ।

खेलको आठौं मिनेटमै सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङलाई बिट गर्दै ओपन पोस्टमा सहज गोल गरिन् ।

दोस्रो हाफमा उनी झन् आक्रामक देखिइन् । खेलको ५१ औं मिनेटमा दोस्रो, ५८ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै, ७७ औं मिनेटमा चौथो गोल गर्दै सागोरिकाले नेपाली टोलीलाई पूर्ण रूपमा निरुत्साहित बनाइन् ।

नेपालका लागि खेल सुरुआतमै गाह्रो हुने संकेत थियो । डिफेन्डर सिम्रन राई अघिल्लो खेलमा रातो कार्ड पाएपछि तीन खेलको प्रतिबन्धमा थिइन् ।

उनको अनुपस्थितिमा नेपालको रक्षापंक्ति कमजोर देखियो । यसअघि बंगलादेशसँगैको समूह चरणको खेलमा पनि नेपाल ३–२ ले पराजित भएको थियो ।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण थियो । आजको खेल जितेमा गोलअन्तरका आधारमा च्याम्पियन बन्ने सम्भावना बाँकी थियो । तर, बंगलादेशविरुद्ध नेपाली खेलाडीहरू निरीह देखिए । सुरुदेखि नै खेलको नियन्त्रण बंगलादेशले राख्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =