तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षको उमेरमा निधन

काठमाडौँ । लामो समयदेखि मिर्गौला रोगसँग लडिरहेका तेलुगु अभिनेता फिश वेंकटको निधन भएको छ ।

हिजो शुक्रवार हैदराबादमा ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।

अभिनेताकी श्रीमती र छोरी छन् ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार फिश वेंकट विगत नौ महिनादेखि हैदराबादको चन्दननगरस्थित पीआरके अस्पतालमा गम्भीर मिर्गौला सम्बन्धी जटिलताहरूसँग लडिरहेका थिए ।

दुवै मिर्गौला फेल भएपछि, उनी नियमित डायलिसिस गराइरहेका थिए, तर उनको अवस्था बिग्रँदै गयो ।

उनको परिवारले आर्थिक सहयोगको लागि अपिल समेत गरेका थिए ।

फिश वेंकट तेलुगु सिनेमाका कमेडियन हुन् । उनले १०० भन्दा बढी चलचित्रहरूमा काम गरेका छन् ।

कुशी, बन्नी, अधुर, गब्बर सिंह, धी, मिरापाके, डीजे टिल्लु, स्लम डग आदि उनका यादगार भूमिकाहरू हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =