लामिन यामालले गरे बार्सिलोनासँग २०३१ सम्मको सम्झौता
२०८२ साउन २ गते

एजेन्सी । एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ ।
गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।
लामिन यामालले १० नम्बरको जर्सी लगाउनेछन् । जुन बार्सिलोनाका विगतका स्टारहरूले लगाएका छन् ।
२०८२ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








