एनपीएल रोक्ने पक्षमा म छैन : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्री चौधरीले कार्यदलले बुझाएको प्रतिवेदनमा पनि एनपीएललाई निरन्तरता दिने उल्लेख भएको बताएका छन् । एनपीएल रोक्न आफ्नो नै संलग्नता रहेको भनी प्रसारित विषयमा उनले आपत्ति पनि जनाए ।

राष्ट्रिय खेलकुद परिषदकी सदस्य रञ्जना प्रधान नेतृत्वकको कार्यदलले असार २५ गते नै छानबिन प्रतिवेदन बुझाएको मन्त्री चौधरीको भनाइ छ ।

उनले प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =