टि–२० विश्वकप छनोट : नेपाल कुवेत र जापानसँग समूह ‘बी’ मा

काठमाडौँ । आगामी टि–२० विश्वकप क्रिकेटका लागि एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहीवार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल कुवेत र जापानसँगै रहेको छ ।

समूह ‘बी’ मा रहेका नेपाल, कुवेत र जापानबीच प्रतिस्पर्धा हुनेछ भने समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् । त्यस्तै, समूह ‘सी’ मा ओमान, पपुवा न्यु गिनी (पीएनजी) र समोआ रहेका छन् ।

प्रतियोगितामा सहभागी ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

सुपर सिक्सको खेल अक्टोबर १२ देखि १७ सम्म हुनेछ । सो चरणको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा हुने टि–२० विश्वकपको टिकट काट्नेछन् ।

आईसीसीका अनुसार समूह चरणको खेल अक्टोबर ८ देखि १० सम्म चल्नेछ । छनोटको सम्पूर्ण खेल एकै स्थानमा आयोजना हुने भए पनि स्थानको जानकारी भने सार्वजनिक गरिएको छैन ।

नेपालले यसअघि घरेलु मैदानमा सम्पन्न प्रिमियर कप जित्दै एशिया कप खेल्न सफल भएको थियो । अब नेपाल टि–२० विश्वकपको अर्को यात्रा तय गर्न क्षेत्रीय छनोट पार गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =