दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ सार्वजनिक

काठमाडौं । गायक दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक भएको छ ।

चर्चित मोडल तथा अभिनेत्री गुराँस नानीसँगको सहकार्यका कारण गीत सार्वजनिक हुनु अघिदेखि नै चर्चा बटुल्न सफल भएको थियो ।

८ मिनेट लामो यो गीतमा दुर्गेश र सिसनसँगै अल्हाजी जेरोले समेत स्वर दिएका छन् । दुर्गेशकै शब्द, संगीत र संकल्पमा बनेको गीतमा तीन गायकले गुराँस नानीलाई फकाउने दृश्यलाई केन्द्रमा राखिएको छ । भिडियोमा खेतका आलीदेखि डिस्को हलसम्मका दृश्य समेटिएका छन् ।

गीतको छायांकन हरि हुमागाईंले गरेका हुन् भने निर्देशन शिव विकको रहेको छ । कोरियोग्राफी समेत निर्देशक विककै रहेको भिडियोमा सम्पादन र रङ संयोजन मिलन विश्वकर्माको छ ।

दुर्गेशको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सार्वजनिक भएको तीन घण्टामै एक लाखभन्दा बढी दर्शकले हेरेका छन् ।

गुराँस नानीसँग दुर्गेश र सिसनको सहकार्यलाई लिएर दर्शकबीच कौतुहलता रहँदै आएको थियो । भिडियोमा नानीको मोहनी अभिनयले दर्शकको ध्यान तानेको देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =