स्वर्णिम वाग्ले भन्छन्–राजनीतिक नेतृत्व पंगु त भएकै थियो, आर्थिक संस्था पनि कब्जा गरियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताइका छन् ।
बुधवार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जामा गएको बताएका हुन् ।
सांसद वाग्लेले बिचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।
सांसद वाग्लेले भने – ‘जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउँछ, आर्थिक क्षेत्र पहिले बिचौलियाहरूबाट निरपेक्ष रुपमा जोगाइएको थियो । अब बिचौलियाको राज भयो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्ने जुन देखिरहेको छ । यसलाई कसरी रोक्ने त्यता राष्ट्र बैंकले ध्यान दिनुपर्यो ।’
सांसद वाग्लेकाअनुसार राष्ट्र बैंक, सेवनहरू डुबाउने दिशातर्फ लगिएको छ, यो सुखद् होइन ।








