उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने राप्रपाको अडान कायमै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् ।

उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भए पनि सरकारले नसुनेझैँ गरेको उनको भनाइ छ ।

उनले भनिन् ‘भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडदार माग गरेको छ । तर सरकारले सुनेपनि नसुनेजस्तै गरेको सभामुख महोदय । जबसम्म छानबिन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिस्कार गर्दछ ।’

सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =