प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
२०८२ असार २४ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका छन् ।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन् ।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा जाएका छन् ।
२०८२ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








