संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
२०८२ असार २३ गते

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले बिहान ११ बजेपछि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने तय भएको छ । यसैगरी सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।
यो पनि : प्रतिनिधिसभा बैठक आज, महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने
२०८२ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








