नेपाली महिला खेलाडीसँग प्रधानमन्त्रीले भने- आजको खेल जित्नैपर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उज्बेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् ।

शनिवार ‘एएफसी महिला एसियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् ।

उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरूको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताए । महिला फुटबलरहरूले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गरेको बताए ।

उनले भने ‘प्रधानमन्त्री ओलीले भन्नुभयो, यो खेल नेपालले जित्नैपर्छ । तपाईँहरूले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुसी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईँहरूले ४० वर्षको इतिहासलाई एउटा उचाइमा पुर्याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको र नेपालको मात्र नभई बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईँहरूको खेलसँगै हुनेछौँ । तपाईँहरूको मनोबल बढी रहेका हुनेछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताए । आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =