जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ
२०८२ असार २१ गते

प्रतिकात्मक तस्विर
काठमाडौँ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८२ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








