एलिना चौहानलाई गाली गर्ने कविलाई तीन दिन म्याद थप
२०८२ असार १९ गते

काठमाडौं । गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार उनीमाथि तीन दिनको अनुसन्धान म्याद थप गरेको हो ।
चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।
उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । राईले सामाजिक सञ्जालमा गायिका चौहानमाथि अभद्र टिप्पणी गरेका थिए ।
प्रहरीले राईबाट एक मोबाइल पनि बरामद गरेको जनाएको छ । साथै, राई कविता लेख्ने व्यक्ति समेत रहेको र कला प्रतिष्ठानमा काम गर्ने जानकारी पनि प्राप्त भएको छ ।
गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरोमा राईसहित चार जनाविरूद्ध जाहेरी दिएकी थिइन् ।
२०८२ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








