पूर्वराष्ट्रपति भण्डारीले सेवा–सुविधा कटौतीका लागि सरकारलाई पठाइन् पत्र

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग आफूलाई उपलब्ध गराइने सेवा–सुविधा कटौती गर्न गृह मन्त्रालयलाई पत्र पठाएकी छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पूर्वराष्ट्रपति भण्डारीको पत्र मन्त्रालयमा आइपुगेको पुष्टि गरेका छन् ।

भण्डारीले राज्यबाट प्राप्त हुँदै आएको सेवा–सुविधा नलिने निर्णय गरेपछि सो सम्बन्धमा आधिकारिक पत्र पेश गरिएको हो ।

हालसम्म भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

साथै सुरक्षाकर्मीका लागि घर भाडा समेत उपलब्ध गराइरहेको छ । तर उनी गाडी सुविधा भने लिएकी छैनन् । मासिक २०७ लिटर पेट्रोल सुविधा भने दिइरहेको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराइने गरिएको छ । साथै पूर्वराष्ट्रपतिलाई प्रोटोकल भित्र सुरक्षा हटाउने तयारी नभएको पनि मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टीमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =