गम्भीर समस्या छैन, एमालेसँग सहकार्य ८४ सम्म जान्छ : गृहमन्त्री
२०८२ असार १७ गते

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यमा कुनै गम्भीर समस्या नरहेको बताएका छन् ।
उनले अहिलेको सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कामहरू विवरण पेश गर्दै लेखकले सरकार सञ्चालनमा अप्ठ्यारो अवस्था नभएको स्पष्ट पारे ।
‘सरकारलाई गम्भीर संकट छैन, सहकार्य सहज ढंगले अगाडि बढिरहेको छ,’ बैठकमा लेखकले भने ।
२०८२ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








