विधेयकमा चलखेल जनताप्रतिको बेइमानी : जनार्दन शर्मा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा सांसदहरूलाई नै झुक्याएर दफा हेरफेर गरिएको घटनालाई ‘जनताप्रतिको गम्भीर बेइमानी’ र ‘संसद्को उपहास’ भनी टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो कडा धारणा सार्वजनिक गर्दै उनले यस्तो भ्रष्ट कार्यमा संलग्न जो कोहीलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको भनिएको विधेयकको प्रतिवेदनमा केही उच्चपदस्थ प्रशासकहरूको स्वार्थअनुकूल हुने गरी दफाहरू फेरबदल गरिएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । यही प्रकरणमाथि आक्रोश व्यक्त गर्दै नेता शर्माले संसदीय प्रक्रियामाथिको यस्तो हस्तक्षेप अक्षम्य रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसदीय इतिहासमा कानुन निर्माणको सर्वोच्च निकायमै कानुनको दफामा हेराफेरी ! जनप्रतिनिधिहरूको अपहरण ! जनताप्रति बेइमानी, भ्रष्ट र तुच्छ कार्य ! संसद्कै उपहास गर्ने जो कोही भए पनि तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =