जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको समुन्नतिका लागि जनता जागरुक र सचेत बन्नु अनिवार्य रहेको बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–११, काँक्रेविहारमा सोमबार स्थानीयवासीसँगको भेटघाट तथा अन्तक्र्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले विकासको मूल आधार जनचेतना भएको उल्लेख गरे ।

‘रातो किताबमा योजना आएरमात्र पर्याप्त हुँदैन,’ उनले भने, ‘जबसम्म जनता त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षित रूपमा अगाडि बढ्दैन।’

मुख्यमन्त्री कँडेलले कुनै पनि योजना सफल हुन जनताको सक्रिय सहभागिता अनिवार्य रहेको धारणा राखे । उनले विकास योजनाको निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा जनताको निगरानी जरुरी रहेको बताए ।

‘राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले जोड दिए ।

उनले स्थानीय तहमा योजना कार्यान्वयनको प्रभावकारिता जनसहभागिताबाट नै बढ्ने उल्लेख गर्दै राज्य र जनताको सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =