चलचित्र ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ ।
आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब मार्फत करिब २ मिनेटको टिजर सार्वजनिक भएको हो ।
सार्वजनिक टिजरमा अभिनेता तथा हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) को मुख्य भुमिका रहेको देख्न सकिन्छ । जहाँ उनी कहिले धनी त कहिले गरिब पात्रको भूमिकामा देखिन्छन् ।
टिजरमा उनी सँगै वर्षा सिवाकोटी र विल्सन विक्रम राईलगायतका अन्य कलाकारहरूलाई पनि देख्न सकिन्छ ।
भदौ ६ गतेबाट प्रदर्शन हुने चलचित्रलाई ऋषि लामिछाने निर्देशन गरेका हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुनाल घिमिरेको लगानी रहेको छ । घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
चलचित्रमा घिमिरे, सिवाकोटी र राईका अलवा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पविको पनि अभिनय छ । चलचित्रमा आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको लेखन र दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ ।








