ज्ञानेन्द्र शाहीको माग- भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति बनाऔँ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गरेका हुन् । उनले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताए ।

उनले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताए । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भीर रुपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरुरी रहेको बताए ।

उनले भने ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त एक अर्काप्रति आरोप प्रत्यारोप गरौँला तर नेपाली जनताले चाहिँ के भन्छन् रु आज दुवै, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरुलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ । आज हामीले उनीहरूको चित्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन । त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँ ।’

उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =