नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ ।

पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भई अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =