विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छ : हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गरेको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाए । उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले भने ‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्यूले समितिमा आएर सधैँ भन्नुहुन्छ । तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस् । हाम्रो सभापतिज्यूले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतीको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन ।’

प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहल कदमी लिन नसकेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =