हुन्डाई नेपालद्वारा आयोजित क्रेटा इभी सार्वजनिक कार्यक्रममा उत्साहजनक प्रतिक्रिया

काठमाडौँ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी बारे दुबिधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई इभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा इभी तथा ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।

साथै लक्ष्मी हुन्डाईले इभी इकोसिस्टमलाई अझै मजबुत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै गरेको जानकारी दिएको छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरूमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भइसकेको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र इभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले ९असारमा हिम ईन्टरकन्टिनेन्ल प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड, नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको थियो । जहाँ क्रेटा इभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =