भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराएकी हुन् । उनकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरूको उद्धार गरिरहेको छ ।

उनले भनिन् ‘भारतमा पनि बन्दी भएर हाम्रो भाइहरु हुनुहुन्छ भनेर संसदमा साथीहरूले कुरा उठाउनु भएको छ । त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ । उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदूतावासले उद्धार गरेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु । यस्ता समस्याहरू नेपाली नागरिकले प्रत्येक दिन भोग्नुपर्ने समस्या हो ।’

उनले विदेश जाने बित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =