निर्माणाधीन संसद भवनको प्रगति तीन दिनभित्र जानकारी गराउन निर्देशन

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद भवनको प्रगतिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवन निर्माणको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नहरुको कार्यान्वयन अवस्थाबारे विवरण पेस गर्न निर्देशन दिएको हो ।

समितिको बैठकपछि जानकारी दिँदै सभापति ठाकुरप्रसाद गैरेले पूर्वाधारको विकासमा अत्यधिक ढिलाइ र समस्या देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, ‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासको अवस्था हेर्दा उत्पन्न भएको छ ।’

गैरेका अनुसार पूर्वाधार विकासको कार्यान्वयन किन यति जटिल र समस्याग्रस्त भइरहेको छ भन्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल आवश्यक रहेको छ । उनले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र लिखित रूपमा संसद भवनको हालसम्मको प्रगति र समितिका प्रश्नहरुको जवाफ दिन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए ।

समितिले संसद भवनको निर्माणमा देखिएको ढिलासुस्ती र पारदर्शिताको कमीबारे चासो व्यक्त गर्दै आगामी बैठकमा सम्बन्धित निकायहरुसँग प्रत्यक्ष छलफल गर्ने तयारी समेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =